फिचर

टी२० क्रिकेट विश्वकप अमेरिकामा सुरु, पहिलो खेलमा आयोजक र क्यानडा भिड्दै

काठमाडौं । टी२० विश्वकप अमेरिकामा सुरुभएको छ । उद्घाटन खेलमा अहिले अमेरिका र क्यानडा भिड्दैछन् । निकोलस किर्टोन र नवनीत धालिवालको अर्धशतकमा क्यानडाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले पहिलो विकेट गुमाइसकेको छ । डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको हो ।


क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए । श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा नट आउट रहे । अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक–एक विकेट लिए ।