विश्व

बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक

काठमाडौं । आईसीसी टी–२० पुरुष क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध भएको छ । बार्बाडोसस्थित केनसिङ्गटन ओभलमा भएको खेल सुरु भएपनि नतिजा आउन नसकेपछि दुवै टोलीले १–१ अंक पाए । वर्षाका कारण निर्धारित समयमभन्दा आधा घण्टा ढिला सुरु भएको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । स्कटल्याण्डले ६।२ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाउँदा ठुलो वर्षा भयो । त्यसपछि खेल १०–१० ओभरमा घटाइएको थियो ।


स्कटल्याण्डले १० ओभरमा विना क्षती ९० रन बनाउँदा तेस्रो पटक वर्षा भयो । जसले गर्दा खेल रद्द गरियो र नतिजा आउन सकेन । स्कटल्याण्डका लागि ओपनरद्वय माइकल जोन्सले अविजित ४५ र जर्ज मुन्सेले अविजित ४१ रन बनाएपनि त्यो काम लागेन । समूह बी मा रहेका इंग्ल्याण्ड र स्कटल्याण्ड दुवैको खातामा समान १ अंक भएको छ । समूह्य बी मा यसअघि नामिबियाले ओमानलाई हराएर २ अंक जोडिसकेको छ ।