फिचर

टी-२० विश्वकप : सुपर ओभरमा पाकिस्तानविरुद्ध अमेरिकाको सनसनीपूर्ण जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो।

सन् २००९ को विश्वकप विजेताविरुद्ध सुपर ओभरमा अमेरिकाले पाँच रनको जित निकाल्दै सनसनी मच्चाएको हो । उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले २० ओभरमा ३ विकेट क्षतिमा १५९ रन नै बनाएपछि खेल टाई भयो।

सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गर्दै एक विकेट गुमाएर १८ रनको योगफल खडा गरेको थियो । १९ रनको लक्ष्यसहित मैदान उत्रिएको पाकिस्तानले ६ बलमा एक विकेट गुमाएर १३ रनमात्र बनाएपछि अमेरिकाले पहिलो अन्तर्राष्ट्रिय भेटमै विश्वकप विजेतालाई हराएको हो ।

त्यसअघि खेलमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।

१६० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको अमेरिकाले पनि निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५९ रन नै बनाएको हो ।

अमेरिकाको यो लगातार दोस्रो जीत हो । अमेरिकाले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको थियो । लगातार दोस्रो जित निकालेको अमेरिका चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।