समाचार

त्रिभुवन विमानस्थलमा १ बजेदेखि १ :३० सम्म उडान रोकिने

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टाका लागि बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार सम्बन्धी पूर्णकालीन अभ्यासका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।

नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि साढे १ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको जानकारी दिएको हो ।

यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरीको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ ।