फिचर

सुखद अन्त्यको खोजीमा यमनसँग भिड्दै नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को संयुक्त छनोटमा नेपालले आज यमनसँग खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे देखि साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा सुरु हुनेछ ।

यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ। अन्तिम खेल खेल्न लागेको नेपाली टोली अन्तिम खेलमा अंक बटुल्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छ। विश्वकप छनोटमा नेपालले पाँच खेल सकिँदा १८ गोल खाएपनि एक गोल फर्काउन सकेको छैन।

छनोट चरणको होम म्याचमा यमनसँग नेपाल २–० ले पराजित भएको थियो ।हालसम्म यमनविरुद्ध नेपालले जित निकाल्न सकेको छैन । यही खेलिएको पाँचमध्ये चार अन्तर्राष्ट्रिय खेलमा यमनविरुद्ध नेपालले जित निकाल्न नसकेको हो । यी दुई टिमले एक खेल भने बराबरी खेलेका छन् ।

समूह एच मा रहेको नेपाल चार टिममध्ये सबैभन्दा पुछारमा छ। यमनविरुद्धको खेलसँगै नेपालले यस पटकको विश्वकप छनोट यात्रा टुङ्ग्याउँदै छ। दोस्रो चरणमा ५ खेल खेलेको नेपालले १८ गोल खाँला एक गोल पनि फर्काउन सकेको छैन। दोस्रो चरणमा एक गोल पनि गर्न नसक्ने नेपाल एक मात्र टिम हो।