समाचार

पूर्वराष्ट्रपतिमाथि गोली प्रहार : अमेरिकी सुरक्षा निकायमाथिको भ्रम तोडियो

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएसँगै अमेरिकी सुरक्षा निकायमाथि गम्भीर प्रश्न उठेको छ । गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई मारेको छ । एक सर्वसाधारणको समेत सो घटनामा ज्यान गएको छ । दुई जना गम्भीर घाइते छन् ।

यो घटनाले अमेरिकामा यसै वर्ष हुने राष्ट्रपतीय निर्वाचनको प्रचार मात्र विथोलिएन, यसले अमेरिकी सुरक्षा निकाय माथि नै प्रश्न खडा गरेको छ । यो घटनाले अमेरिकाको सामाजिक तथा सांस्कृतिक इज्यतमै धकका पुगेको विश्लेषकहरुले बताएका छन् । साथै अमेरिकाले सुरक्षा निकायलाई देखाएर बनाएको मजवुती समेत भ्रम सावित गरिदिएको उनीहरुको भनाई छ ।


अमेरिकामा गोली काण्ड नयाँ भने होइन । सन् १९८१ मा रोनाल्ड रीगनको गोली हानेर हत्या गरिएको थियो । यसपछि भने यति उच्च अधिकारीमाथि गोली प्रहार भएको यो पहिलो घटना हो । तर, अमेरिकामा हरेक वर्ष गोली काण्डका कारणले मात्र ३५ हजार भन्दा धेरैको ज्यान जाने गरेको तथ्यांक छ । यसले अमेरिकाको हतियार नीति माथि समेत प्रश्न उठिरहेको छ ।

पाँच दशक पहिला पनि अमेरिकामा राष्ट्रपति र यस पदका उम्मेदवारको गोली हानेर हत्या भएको थियो । जसमा केनेडी दाजुभाई छन् । अमेरिकामा उच्च नेताको गोली काण्डमा ज्यान गुमाउने सिलसिला त्यतिमै सिमित छैन । मार्टिन लुथर किंग, मेडगर एवर्सजस्ता नेताको समेत गोली काण्डमा ज्यान गएको थियो ।