फिचर

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना पुष्टी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । अमेरिकी राष्ट्रपति चुनावको प्रचारप्रसार तीव्र भइरहेका बेला बाइडेनमा कोरोना संक्रमण पुष्टि भएको हो । डेमोक्रेटिक पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतीय चुनावी दौडबाट पछि हट्न दबाब आइरहेको छ । ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरीका अनुसार बाइडेनले कोभिड खोप र बुस्टर डोजसमेत लगाएका छन् ।

बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भएको थियो । अमेरिकी राष्ट्रपतिको आधिकारिक एक्स ह्यान्डलबाट पनि बाइडेनलाई कोरोना पुष्टि भएको जानकारी दिइएको छ । कोरोना संक्रमण भए पनि आफू ठीक रहेको बाइडेनले बताएका छन् । अहिले आइसोलेसनमा रहे पनि छिट्टै आफू काममा फर्किने उनले बताएका छन् । बुधबार मात्र उनी लस भेगासमा समर्थकहरूसँगको भेटघाटमा व्यस्त थिए । पछि उनले चुनावी सम्बोधन भने रद्द गरेका थिए ।