विश्व

माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित

काठमाडौं । माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित भयो । तर, यसले नेपालमा भने कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये टर्किस एयरलाइन्सले यो सफ्टवेयर प्रयोग गरिरहेको छ ।

तर, उसको आज र भोलि काठमाडौं उडान छैन । अन्य वायुसेवा कम्पनीमा भने माइक्रोसफ्टको सफ्टवेयर प्रयोग नभएका कारण काठमाडौं उडानमा कुनै प्रभाव नपरेको निरौलाले जानकारी दिए । नेपालको छिमेकी भारतमा भने धेरै उडान आज रद्ध भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावाद विमानस्थलमा मात्र ३० उडान रद्ध भएका छन् । जसमा स्पाइस जेट र आकाशा एयरसहितका कम्पनीका उडान छन् ।


भारतमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत प्रभावित बनेका छन् । सर्भर डाउन हुँदा सबैभन्दा धेरै असर अमेरिका, अस्ट्रेलिया सहितका देशमा परेको समाचारमा उल्लेख छ ।