समाचार

रुस-युक्रेन युद्ध अन्त्य गर्न साउदीमा वार्ता हुने, तर युक्रेनलाई छैन निम्ता

काठमाडौं\एजेन्सी । रुस र युक्रेनबीच लामो समयदेखिको युद्ध अन्त्य गर्न साउदी अरेबियामा वार्ता हुँदैछ । तर, यो वार्तामा युक्रेनलाई निम्ता नदिइएको युक्रेनियन सरकारका एक मन्त्रीले बताएका छन् । बीबीसीका अनुसार यसअघि युक्रेनस्थित अमेरिकी विशेष राजदूत केथ कलाङ्गले यस वार्तामा युक्रेन समेत सहभागी हुने बताएका थिए ।

अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता, के भयो कुराकानी ?

तर, वार्तामा कुनै पनि प्रतिनिधिमण्डल युक्रेनको तर्फबाट सहभागी नहुने समाचारमा उल्लेख छ । ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्वीव विटकम्फ भने आइतबार साउदी यात्रामा लागेको समाचारमा लेखिएको छ । अमेरिका र रुसबीच यस्तो भेट पहिलो पटक हुन लागेको हो, जसको उद्देश्य युक्रेन र रुसबीचको युद्ध रोक्नु रहेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्तामा युद्ध अन्त्यका विषयमा कुराकानी भइसकेको छ ।