समाचार

क्यानडामा ८० यात्रु बोकेको जहाज अवतरणका दौरान पल्टियो

काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो ।
उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए ।

अमेरिकामा १० यात्रु बोकेको जहाज दुर्घटनामा परेको पुष्टी

बीबीसीका अनुसार यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीनको अवस्था गम्भीर छ । तर डेल्टा एयरलाइन्सका सीईओ डेबोराह फ्लिन्टले भने कुनै पनि यात्रु गम्भिर घाइते नभएको बताएका छन् । यो विमान पल्टिनुअघि टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २६ उडान डाइभर्ट गरिएको थियो । धेरैजसो विमानलाई मोन्ट्रियल र ओट्टावा डाइभर्ट गरिएको थियो ।

विमान दुर्घटनाको कारण खुलेको छैन । विमानस्थलका अधिकारीहरुले रनवे सुक्खा रहेको बताएका छन् । तर विमान कसरी चिप्लियो भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएका छन् । पछिल्लो समय अमेरिकामा लगातार जहाज दुर्घटना भइरहेका छन् । छिमेकी मुलुक क्यानडामा समेत यस्तै घटना दोहोरिएको छ ।