गाजामा इजरायलको आक्रमण, कम्तिमा दुई जनाको ज्यान गयो
काठमाडौं । इजरायलले गाजा क्षेत्रमा आक्रमण गरेको खबर आएको छ । रफाह क्षेत्रमा भएको आक्रमणमा दुई प्यालेस्टिनीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । संयुक्त राष्ट्र संघद्वारा सञ्चालित तीन विद्यालय र एक व्यवसायिक तालिम केन्द्रमा आक्रमण भएको छ । युद्धविरामको दोस्रो वार्ताको तयारी भए पनि इजरायलले आक्रमण जारी राखेको समाचारमा उल्लेख छ ।
इजरायली प्रधानमन्त्रीले दिए गाजामा पुनः आक्रमणको धम्की
इजरायलका विदेशमन्त्री गिदोन सारले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता हुने बताएका बेला आक्रमण भएको हो । हमास बिहीबार चार बन्धकको शव र शनिबार थप ६ जना जीवित बन्धक रिहा गर्न सहमत भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म गाजामा इजरायली आक्रमणमा परेर ४८ हजार २९१ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । एक लाख ११ हजार ७२२ जना घाइते छन् ।