आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट
काठमाडौं । पाकिस्तानमा आजबाट नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुने भएको छ । प्रतियोगिता आठ वर्षपछि हुन लागेको हो । यसलाई ‘मिनी विश्वकप’का नामबाट चिनिन्छ । प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजित आठ टोलीमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् ।
पाकिस्तान साविक विजेता हो । समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश छन् । समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता तथा आयोजक पाकिस्तान र न्युजिल्याण्ड खेल्दै छन् । खेल दिउँसो पौने ३ बजेदेखि नेशनल स्टेडियम कराँचीमा सुरू हुनेछ । पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो । त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने त्यसअघि सन् २००९ र २००६ मा अस्ट्रेलियाले जितेको थियो ।