च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित
काठमाडौं । च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध ठूलो अन्तरको जित निकालेको छ। गतराति कराँची नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २०८ रन बनाउँदै
अलआउट भयो । अफगानिस्तानलाई सस्तोमा समेट्न कगिशो रबाडाले तीन, लुंगी एन्गिडी र विआन मुल्दरले २–२ तथा मार्को जनसेन र केशव महाराजले १–१ विकेट लिए। अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ९० रन बनाए। उनले ९२ बलमा ९ चौका र १ छक्का हाने।
च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक
रसिद खान र अजमतउल्लाह ओमरजइले १८–१८, इब्राहिम जद्रानले १७ र सेदिकउल्लाह अटलले १६ रन बनाए। कप्तान हसमतउल्लाह शून्यमै आउट भए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ३१५ रन बनाएको थियो। ओपनर र्यान रिकेल्टनले शतक हाने। उनले १०६ बलमा ७ चौका र १ छक्का हानेर १०३ रन बनाए। कप्तान तेम्बा बावुमाले ७६ बलमा ५ चौका हानेर ५८ रन बनाए। रसी भ्यान देर दुसेनले ४६ बलमा ३ चौका र २ छक्का हानेर ५२ रन बनाए। एडेन मार्क्रम ३६ बलमा ६ चौका र १ छक्का हानेर ५२ रन बनाउँदै नट आउट रहे। च्याम्पियन्स ट्रफीमा शनिबार इंग्ल्याण्ड र अस्ट्रेलिया खेल्दैछन्। यो हेविवेट भिडन्त मानिन्छ ।