समाचार

पश्चिम नेपालमा भूकम्प धक्का

५ चैत, काठमाडौं । अछाम केन्द्र विन्दु भएर आज पश्चिम नेपालमा भूकम्प गएको छ । बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो ।

तर भूकम्पले क्षति पुर्‍याएरनपुर्‍याएको जानकारी प्राप्त हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको र त्यसले क्षति भए–नभएकोबारे सबै पालिकाहरुमा बुझ्ने काम भइरहेको जनाएको छ । पछिल्लो समय पश्चिम नेपालमा सानो क्षमताको भूकम्प निरन्तर गइरहेको छ ।