समाचार

प्रधानमन्त्रीको चिन्ता : कुलमान प्रकरणमा तिललाई पहाड बनाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारसाथ काम गरिरहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता सुजाता कोइरालाद्वारा लिखित पुस्तक ुम र मेरो सानोबुवाु आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए ।

‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो(आफ्नो हुनसक्छन् । देश साझा हो । सोच फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्ने कुरा हो । तिलको पहाड बनाएका छन्,’ उनले भने । कुलमानलाई हटाएको विषयमा त्यसै विरोध भइरहेको उनको भनाइ छ । ‘केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् । के पायौँ के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी सुरु भएको । यही त्यान्द्रो हो,ु उनले भने ।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ? भन्दै प्रश्न गरे । उनले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्नेबित्तिकै उज्यालो आएको हो ? भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान नसक्ने जिकिर गरे ।