स्थानीय

५ तस्वीरमा आइतबार नेपालका प्रमुख खबर

बिस्का जात्रा थिमिमा सुरू गर्न पूजा लिएर जाँदै गुठियार मध्यपुर थिमि, ३१ चैत : बिस्का जात्राअन्तर्गत आइतबार मध्यपुर थिमिकाे प्रमुख देवता बालकुमारीमा चढाउन मिखु म्येय् तथा मुख्य तिसा (गहना) सँगै पूजा लिएर जाँदै गुठियार । थकाली गुठीयारकाे घरबाट विभिन्न बाजागाजासहित तिसा तथा म्येय् चढाउन लग्ने परम्परा रहेकाे छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

३१ चैत, काठमाडौं । २०८१ सालको अन्तिम दिन आइतबार नेपालमा सुनको भाऊले नयाँ कीर्तिमान बनायो । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विभिन्न जात्राहरु आयोजना गरिए । देशैभर मेला महोत्सवको माहोल छ । आज परराष्ट्र मन्त्रीसहित राजदूतहरु इलाममा पुगेर नेपाली पर्यटनको प्रवद्र्धन गरिरहेका छन् । वर्षा अझै् जारी रहँदा कृषकले राहत पाएका छन् । यी र यस्तै खबरबीच आजका प्रमुख तस्वीर समाचार…

काठमाडौँ भृकुटीमण्डपमा नर्सरी व्यावसायी सङ्घ नेपालले आयोजना गरेको नेशनल हर्टिकल्चर एक्स्पो-२०८१ को अन्तिम दिन बिक्री स्टलमा राखेका फूललगाएत विभिन्न बिरुवा हेर्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/ रासस
पाथीभरामा भक्तजनको घुइँचो ताप्लेजुङ, ३१ चैतः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा देखिएको दर्शनार्थीको घुइँचो । पछिल्लो समय पाथीभरामा आउने भक्तजनको सङ्ख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्बिरः सन्तोष पुर्कुटी\रासस
चर्दै गरेका याक सुनसरी, ३१ चैतः सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित मिल्के डाँडा वरपर चर्दै गरेका याक । तस्बिरः नवीन गड्तौला\रासस
जनकपुरधामस्थित गंगासागर सरोवरको उत्तर–पूर्वी घाटबाट आइतबार देखिएको २०८१ सालको अन्तिम सूर्यास्त । तस्बिर: अमरेन्द्रकुमार यादव/रासस