इसाई धर्मगुरु पोपको कसरी हुदैछ अन्तिम बिदाइ ?
काठमाडौं । इसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार निधन भएको छ । निमोनियाबाट ग्रसित उनको ८८ वर्षको उमेरमा निधन भएको सञ्चार माध्यमले जनाएका छन् । उनि लामो समयदेखि बिरामी भएर आराम गरिरहेका थिए ।
आइतबार इस्टर पर्वको शुभकामना दिन भ्याटिकन सिटीको सेन्ट पिटर्समा उपस्थित भएका उनको निधन भएको हो । उनि रोमन क्याथोलिक चर्चको सर्वोच्च पद पोपमा नियुक्त हुने पहिलो ल्याटिन अमेरिकी नागरिक थिए । चर्चका कार्डिनल केभिन फारेलले उनको सोमबार बिहान निधन भएको जानकारी दिँदै सम्पूर्ण जीवन प्रभु र चर्चको सेवामा समर्पित गर्दै स्वर्गमा पिताको घरमा फर्किएको बताए ।
सन् १९३६ मा इटलीमा आप्रवासी परिवारमा पोप फ्रान्सिसको जन्म भएको थियो । धार्मिक यात्राका क्रममा उनि सन् २०१३ मा पोप पदका लागि चयन भएका थिए । विगतको कट्टरताभन्दा धर्मलाई उदारवारी सोचका साथ अपनाउनुपर्ने धारणा उनले राखे । जसका कारण समाजमा सबै प्रकारका व्यक्तिको धारणा र संस्कारप्रति नरममिजाज राखेका कारण सम्बन्धविच्छेद र समलिङ्गी विवाहलाई सामान्य रूपमा लिएका थिए । तथापि चर्चको संस्कार र नियमलाई भने कडाइका साथ पालना गराउँदै आएका थिए ।