समाचार

भारतमा दुर्घटनामा परेको ड्रिमलाइनर : अमेरिकी कम्पनीको लामो दूरीका लागि ख्याति कमाएको नमूना विमान

(250612) -- AHMADABAD, June 12, 2025 (Xinhua) -- People look at the debris of an Air India plane crashed in Ahmedabad of India's Gujarat state, June 12, 2025. An Air India flight to London with 242 people on board, including two pilots and 10 cabin crew members, crashed Thursday shortly after takeoff from an airport in the western Indian state of Gujarat, officials said. Senior police officer confirms at least 110 dead in the crash, according to local media reports. The flight took off from the Sardar Vallabhbhai Patel International Airport in Ahmedabad, about 17 km south of Gandhinagar, the capital city of Gujarat. (UNI/Handout via Xinhua)

२९ जेठ, काठमाडौं । भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको ईन्धन–कुशल, वाइड–बडी भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको गौरव हो । सन् २०११ को अक्टोबरमा जापानको अल निप्पोन एयरवेजसँग पहिलो पटक सेवामा प्रवेश गरेपछि विश्वका ८० भन्दा बढी एयरलाइन्सले दुईहजार ५९८ वटा जहाजअर्डर गरिसकेका छन् भने ८८९ वटा अझै डेलिभरीको पर्खाइमा छन् ।

यसको ईन्धन–कुशल, वाइड–बडी र हल्का संरचनाका लागि विमानको माग विश्वभर लोकप्रिय मानिन्छ । यसले पुरानो, सोही आकारको यात्री विमानहरूले भन्दा लामो दूरीमा २० प्रतिशत कम ईन्धन खर्च गर्ने कम्पनीले दावी गरेको छ । यो ‘पोइन्ट–टू–पोइन्ट’ सेवाहरूको लागि प्रयोग गर्न सकिन्छ, यसको अर्थ यो भारी विमानद्वारा प्रयोग गरिएको ‘हब’ प्रणालीमा निर्भर हुनुको सट्टा गन्तव्यमा सीधा उडान गर्न सक्छ। बोइङका अनुसार ७८७ को प्रयोगले १८० वटा ’पोइन्ट टु पोइन्ट’ रुट खोलेको छ।

(250612) — AHMADABAD, June 12, 2025 (Xinhua) — People and rescuers are seen at a site of a plane crash in Ahmedabad of India’s Gujarat state, June 12, 2025. An Air India flight to London crashed Thursday shortly after takeoff from an airport in the western Indian state of Gujarat, officials said. Senior police officer confirms at least 110 dead in the crash, according to local media reports. The flight with 242 people, including 230 passengers and 12 crew members, onboard took off from the Sardar Vallabhbhai Patel International Airport in Ahmedabad, about 17 km south of Gandhinagar, the capital city of Gujarat. Reports said the passenger aircraft went down in the Meghani area of the city. (UNI/Handout via Xinhua)

हाल ७८७ को तीन संस्करणहरू छन् । बोइङको ७८७–८ले १३,५३० किलोमिटर (८,४०० माइल) सम्मको दूरीमा २४८ यात्रुहरू बोक्न सक्छ भने ७८७–९ ले १४,०१० किलोमिटर सम्म २९६ यात्रुहरू बोक्छ र ७८७–१० ले ११,९१० किलोमिटरसम्म ३३० यात्रुहरूलाई बोक्न सक्छ । भारतको अहमदाबादमा २४२ यात्रु र चालक दलका सदस्य लिएर उडेको बिहीबार दुर्घटनाग्रस्त विमान ७८७–८ संस्करण थियो । उक्त विमान लण्डनका लागि उडेको थियो तर पश्चिमी भारतीय शहर अहमदावादबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।

बोइङले विमान दुर्घटनाबारे आफू जानकार रहेको र थप जानकारी सङ्कलनका लागि काम गरिरहेको जनाएको छ । यो ७८७ ड्रिमलाइनरको पहिलो घातक दुर्घटना थियो। सन् २०२१ देखि २०२३ को बीचमा बोइङको विमानको कार्यक्रमले पटक–पटक र महँगो ‘डेलिभरी सस्पेन्सन’ लगायत थुप्रै असफलता भोगेको थियो। अमेरिकी सङ्घीय उड्डयन प्रशासनले उत्पादन लाइनहरूमा गुणस्तर आश्वासन जाँच र निरीक्षणलाई सुदृढ पार्न काम सकिसकेको छ ।

यसै वर्षको अप्रिलमा एफएएले बोइङलाई एक महिनामा सातवटा विमान बनाउनका लागि आफ्नो उत्पादन गति बढाउन अनुमति दिएको थियो। बिक्रीको मामिलामा बोइङले व्यापक कठिनाईहरूको सामना गरिरहेको छ। बेइजिङबाट सकारात्मक सङ्केत आएपनि एक महिना अघि वाशिङ्टनले सुरु गरेको व्यापार युद्धका कारण चिनियाँ एयरलाइन्सलाई कम्पनीसँग काम गर्न अस्थायी रूपमा रोक लगाएपछि निर्माताले मे महिनामा चीनलाई कुनै पनि विमान आपूर्ति गरेको छैन ।