विज्ञान प्रविधि

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि मतपत्रको सुरक्षाका लागि खटेका नेपाली सेना । आज बाट प्रत्यक्षतर्फको मतपत्र जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा छापिंदै छ । तस्बिर : प्रदीपराज वन्त/रासस

भक्तपुर, १२ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए । केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने उनले जानकारी दिए । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको जनाएको छ ।