इराकका प्रधानमन्त्रीका उम्मेदवार मलिकीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा
बगदाद, १५ माघ (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले नूरी अल–मलिकीले प्रधानमन्त्री पद सम्हालेमा देशलाई सबै सहयोग अन्त्य गर्ने चेतावनी दिएपछि इराकका मुख्य प्रधानमन्त्री पदका उम्मेदवार मलिकीले बुधबार वाशिङ्गटनको ‘हस्तक्षेप’ को निन्दा गरेका छन् ।
“हामी इराकको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौँ,” मलिकीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी यसलाई इराकको ‘लोकतान्त्रिक प्रणाली’ को उल्लङ्घन मान्छौँ । यो प्रणालीसन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछि लागु भएको थियो ।
राष्ट्रपति ट्रम्पले मङ्गलबार मलिकीलाई शीर्ष पदका लागि चयन गरिएमा इराकले ‘धेरै खराब छनौट’ गर्ने बताएका थिए । उनले भने, “मलिकीको ‘मनपरी नीति र विचारधाराको कारण यदि उनी निर्वाचित भए संयुक्त राज्य अमेरिकाले इराकलाई सहयोग गर्नेछैन ।” ‘इराकी कोअर्डिनेशन फ्रेमवर्क’ ले मलिकीलाई इराकको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अनुमोदन गरेको छ ।
यो इरानसँग फरक सम्बन्ध भएका शिया समूहहरूको गठबन्धन हो जुन हालैका वर्षहरूमा इराकको मुख्य सत्ताधारी गठबन्धन पनि हो। आफ्नो पोस्टमा मलिकीले अमेरिकी हस्तक्षेपको निन्दा गरेका छन् । उनले भने, “हस्तक्षेपले ‘इराकी कोअर्डिनेशन फ्रेमवर्क’को आफ्नो उम्मेदवार मनोनयन गर्ने निर्णयको उल्लङ्घन गर्दछ ।
उनले भने, “त्यो निर्णय अनुरूप उहाँ ‘अन्तसम्म काम जारी राख्नुहुनेछ, यसले इराकी जनताको उच्च हित प्राप्त गर्दछ।” इराकमा दुई पटक ९सन् २००६–सन् २०१४० सम्म प्रधानमन्त्री रहेका मलिकीले इरानसँगको सम्बन्ध प्रगाढ बनाउने र साम्प्रदायिक मुद्दालाई अघि बढाएको आरोप लागेपछि अमेरिकासँग मतभेद भएका थिए । चतुर राजनीतिज्ञ रहेका ७५ वर्षीय मलिकी इराकको राजनीतिमा एक केन्द्रीय व्यक्ति र इराकी शक्तिको एक हस्ती बनेका उनको अनुमोदन कुनै पनि शासकीय गठबन्धनको लागि अपरिहार्य मानिन्छ।