समाचार

कमजोर आकिएको इटालीसँग नेपालको लजास्पद हार, अर्को चरण पुग्न कठिन

Italy's players celebrate after the dismissal of Nepal's Nandan Yadav during the 2026 ICC Men's T20 Cricket World Cup group stage match between Nepal and Italy at the Wankhede Stadium in Mumbai on February 12, 2026. (Photo by Punit PARANJPE / AFP)

२९ माघ, काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटाली विरुद्धको खेलमा नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूरा ग¥यो । इटालीका लागि एन्थोनी मोस्का र जस्टिम मोस्काले शतकीय साझेदारी गरे । एन्थोनीले ६२ रन बनाउँदा जस्टिन मोस्काले ६० रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९।३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । दीपेन्द्र सिंह ऐरी १७ रनमा आउट भए भने करण केसी १८ रनमा अविजित रहे । इटालीका बलर क्रिशान कालुगामागेले ३ विकेट लिए भने बेन मानेन्टीले २ विकेट झारे । जसप्रित सिंह र जे जे स्मट्सले समान १–१ विकेट लिए ।

समूह ‘सी’ मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल इग्ल्याण्डसङ ४ रनले पराजित भएको थियो । यस लगातार हारसँगै नेपालको सुपर एट मा पुग्ने सम्भावना कमजोर बनेको छ । यता इटालीको भने यो पहिलो जित हो । इटाली आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल कमजोर आकिएको इटालीसँगै पराजित भएपछि अब दोसो चरणको यात्रा समेत कठिन बनेको छ ।