समाचार

नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगलाई बुझायो प्रतिबद्धता पत्र

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' आइतबार लुम्बिनी प्रदेशकाे रुकुम (पूर्व) जिल्लामा अवस्थित पुथा उत्तरगङ्गा गाउँपालिका-१३ मा जनभेटघाटको क्रममा । तस्बिर : सर्जना कार्की / रासस

काठमाडौं, ४ फागुन । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग समक्ष पेस गरेको छ । पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धतापत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयभित्र आवश्यक कागजात पेस गर्न पत्राचार गरेको जनाएको छ ।