विश्व

इरानका सर्वोच्च नेता खामेनेइ अमेरिकी आक्रमणमा मारिए

इरानका सर्वोच्च नेता अयोतोल्लाह अलि खामेनेइ अमेरिकी आक्रमणमा मारिएका छन् । यसको पुष्टि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी सरकारी टेलिभिजनले गरेका छन् । इरानमा ४० दिनको शोक घोषणा गरिएको छ । अमेरिका र इजरायलले इरानमा भयानक आक्रमण गरिरहेका छन् । सो क्रममा दर्जनौ सामान्य नागरिकको समेत ज्यान गैसकेको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आक्रमणमा खामेनेइकी छोरी, ज्वाइ नाति नातिना र बुहारी समेत मारिएका छन् । सर्वोच्च नेता मारिए पनि अमेरिका बम खसाल्न नछोड्ने अमेरिकी राष्ट्रपतिले जनाएका छन् । शनिबार आफ्नो मुलुकमाथी आक्रमण भए सङ्गै इरानले समेत दुबइ, दोहा, बहराइन, कुवेत लगायत मुलुकमा आक्रमण गरेको थियो । इरानमा अहिलेसम्म २ सय सर्वसाधारणको ज्यान गइसकेको छ ।