समाचार

कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते

(260301) -- KARACHI, March 1, 2026 (Xinhua) -- Law enforcement personnel stand guard near U.S. Consulate in southern Pakistani port city of Karachi on March 1, 2026. At least nine people were killed and more than 12 others injured on Sunday as angry protesters clashed with law enforcement personnel outside the U.S. Consulate in Karachi in the southern Sindh province, rescue officials said. The clashes erupted when demonstrators tried to enter the consulate premises, prompting security forces to respond, according to Rescue 1122 Sindh. (Photo by Imran Ali/Xinhua)

कराची, १७ फागुन, (रासस–एएफपी) । पाकिस्तानको आर्थिक केन्द्र कराचीमा आइतबार अमेरिकी वाणिज्य दूतावासमाथि इरान समर्थक प्रदर्शनकारीहरूको आक्रमण प्रयासका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको उद्धार सेवाले पुष्टि गरेको छ । घटनाले सहरको सुरक्षा अवस्था एकाएक तनावग्रस्त बनाएको छ ।

एएफपीका पत्रकारका अनुसार सयौँ युवा प्रदर्शनकारीहरू वाणिज्य दूतावासको मुख्य गेटमाथि चढेर कन्सुलर भवनको ड्राइभवेमा प्रवेश गर्न सफल भएका थिए । यस क्रममा केही झ्यालहरू तोडिएका थिए भने सुरक्षा टोलीले अश्रु ग्यास प्रहार गरी भीड तितरबितर पार्ने प्रयास गरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा वाणिज्य दूतावासको मुख्य भवनका झ्याल तोड्दै अमेरिकी झण्डा माथि उडिरहेको र वरिपरि काँडेदार तारले सुरक्षा घेराबन्दी गरिएको दृश्य देखाइएको छ ।

घटनास्थलमा एक युवा प्रदर्शनकारीले भने, “हामी एकताबद्ध रहनुपर्छ, कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन।” अर्काले भने, “हामीले कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा आगो लगाउँदैछौँ, भगवानको इच्छा भए हामी आफ्ना नेताको हत्याको बदला लिन्छौँ ।” यद्यपि आगजनी प्रयास पूर्ण रूपमा सफल भएको पुष्टि हुन सकेको छैन ।

यसैबीच पूर्वी सहर लाहोर र उत्तरी स्कार्दूमा पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । राजधानी इस्लामाबादस्थित अमेरिकी दूतावास रहेको कूटनीतिक क्षेत्रमा दिउँसो थप प्रदर्शन हुने अपेक्षा गरिएको छ। देशका विभिन्न भागमा फैलिएको आक्रोशले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ ।
यस घटनालाई विश्लेषकहरूले क्षेत्रीय राजनीतिक तनावसँग जोडेर हेरेका छन् ।

विशेष गरी इरान–अमेरिका–इजरायल सम्बन्धको पछिल्लो सङ्घर्षपछि यस्तो प्रतिक्रियाले गम्भीर सुरक्षा चुनौती प्रस्तुत गरेको देखिन्छ । प्रदर्शन र आक्रमण प्रयासले पाकिस्तानमा विदेशी दूतावासको सुरक्षा व्यवस्थामा फेरि व्यापक सतर्कता र आपतकालीन तयारी आवश्यक भएको पुष्टि गरेको छ ।