फिचर

इरानको आक्रमणबाट मारिएका नेपाली गोरखा बोर्लाङका दिवस श्रेष्ठ रहेको पुष्टी

(260301) -- TEL AVIV, March 1, 2026 (Xinhua) -- Missile debris falls after Israeli air defense systems launched interceptor missiles over Tel Aviv, Israel, Feb. 28, 2026. The United States and Israel on Saturday launched "major combat operations" against Iran, claiming that the country's Supreme Leader Ayatollah Ali Khamenei had been killed. Iran retaliated with a series of counterattacks against Israel and U.S. targets across the region Late Saturday, at least 20 people were injured in Tel Aviv during Iran's latest round of strikes on Israel, Israel's national emergency service MDA reported. MDA said that a 40-year-old man is in a serious condition with a shrapnel wound. (Xinhua/Chen Junqing)

गोरखा, १८ फागुन । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाविस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ । राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।