स्थानीय

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

मध्यविन्दु (नवलपरासी), २४ फागुनः बर्दघाट सुस्तपूर्व) निर्वाचन क्षेत्र नं १ र २ बाट निर्वाचित हुनुभएका गौतम र खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवलपरासी(बर्दघाट सुस्तपूर्व) निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका राजन गौतम र क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका मनिष खनाल । दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तर्फबाट उम्मेदवार बन्नु भएको थियो । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

सिद्धार्थनगर (भैरहवा), २५ फागुनस् लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले दुई–दुई तथा नेकपा (एमाले) ले एक क्षेत्रमा विजय हासिल गरेका छन् । रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । रुपन्देही–१ मा सुनिल लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा डा लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान विजयी भए ।


त्यसैगरी पश्चिम नवलपरासी–१ मा पनि रास्वपाकै विक्रम खनाल तथा पश्चिम नवलपरासी–२ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । कपिलवस्तु–१ मा रास्वपाकै मोहनलाल आचार्य र कपिलवस्तु–२ मा विक्रमसिंह थापा विजयी भए भने कपिलवस्तु–३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले विजय प्राप्त गरे ।


दाङ–१ मा रास्वपाकै देवराज पाठक, दाङ–२ मा विपीनकुमार आचार्य र दाङ–३ मा कमल सुवेदी निर्वाचित भए । गुल्मी–१ मा पनि रास्वपाकै सागर ढकाल र गुल्मी–२ मा गोविन्द पन्थी विजयी भए । रास्वपाकै उम्मेदवार बर्दिया–१ मा ठाकुरसिंह थारु तथा बर्दिया–२ मा श्रीधर पोखरेल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । रास्वपाकै तर्फबाट बाँके–१ मा सुरेशकुमार चौधरी र बाँके–३ मा खगेन्द्र सुनार विजयी भए भने बाँके–२ मा नेकपा (एमाले) का मोहम्मद इश्तियाक राईले विजय प्राप्त गरे ।

त्यसैगरी रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा रोल्पामा वर्षमान पुन निर्वाचित भए । प्यूठानमा रास्वपाका सुशान्त बैदिक विजयी प्राप्त गर्नुभएको छ । पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना तथा पाल्पा–२ मा रास्वपाका माधवबहादुर थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल विजयी भए ।