विश्व

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

(260318) -- NABATIEH, March 18, 2026 (Xinhua) -- Photo taken on March 18, 2026 shows buildings destroyed by Israeli airstrikes in the city of Nabatieh in southern Lebanon. (Photo by Taher Abu Hamdan/Xinhua)

मस्को, ५ चैत (रासस–एएफपी) । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले साप्ताहिक ब्रिफिङमा भनेकी छिन्, “हामी बुशहर आणविक ऊर्जा संयन्त्रको भित्री घेरामा गरिएको गैरजिम्मेवार, पूर्ण रूपमा अस्वीकार्य क्षेप्यास्त्र आक्रमणको कडा निन्दा गर्दछौँ ।” उनले थपिन्, “रूसले संयुक्त राज्य अमेरिका र इजरायललाई प्लान्टमा अझै पनि काम गरिरहेका रूसी नागरिकहरूको ‘जीवनलाई जोखिम सिर्जना हुने कार्य“ नगर्न चेतावनी दिएको थियो । मस्कोले बुशहर आणविक ऊर्जा संयन्त्रको निर्माण गर्न मद्दत गरेको थियो।