समाचार

न्यूयोर्कमा देवी प्रतिभाजीद्वारा वैदिक ज्ञानमय कथावाचन हुने

योगेश आदी, न्युयोर्क

नेपालको विभिन्नस्थानमा सामाजिक योगदानको लागि ज्ञान प्रवचन र धार्मिक कथावाचन गर्दै आउनुभएकी देवी प्रतिभाजीले क्रियापुत्री भवन गुम्बा निर्माणको हेतु न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा ३ दिने श्रीमद्भभागवत कथावाचन गर्ने भएको छ ।
आगमी मे महिनाको १५ तारिखदेखि १७ तारिखसम्म गरिने वैदिक कथावाचन रेभेल इभेन्ट्सको सहकार्यमा हामी नेपाली इन्टरनेशनलले आयोजना गर्न लागेको रेभेल इभेन्ट्सको प्रवन्धक राजेश हमालले बताएको छ।
कथावाचन यात्रा अमेरिकाको दौरान रहनु भएकी २३ वर्षीया देवी प्रतिभाजीले भारत तथा नेपालको विभिन्न स्थानमा वैदिक सनातन कथावाचन गर्दै आउनुभएकी छिन् । नेपालको काभ्रेमा जन्मनुभएकी देवीजीले नेपालको वाल्मिक विद्यापिठ हुँदै वृन्दावनसम्मको वैदिक ज्ञान हाँसिल गरेकी छिन् ।

न्युयोर्कमा आयोजना हुने यस भागवत कथा अन्तर्गत कलश यात्रा, महाकलश यात्रा र रजतकलश यात्रा समेत हुने भएकोले सोको लागि स्थानसमेत बुक गर्न अनरोध गरिएको छ । कलश यात्रामा लाग्ने कलश इत्यादीवापत ३०१ देखि १००१ डलर सम्मको भेटी निर्धारण गरिएको छ ।