विश्व

इजरायली आक्रमणमा इरानी नौसेनाका कमान्डरको मृत्यु

(260325) -- HEBRON, March 25, 2026 (Xinhua) -- A trail left by a projectile in the sky is seen from the city of Hebron in the West Bank amid regional tensions, March 25, 2026. (Photo by Mamoun Wazwaz/Xinhua)

वासिङ्टन, १३ चैत (रासस–एएफपी) । अमेरिकी सेनाले बिहीबार इजरायली हवाई आक्रमणमा इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डर मारिएको बताएको छ । “इरानी नौसेना कमाण्डरको मृत्युले मध्यपूर्वलगायत समग्र खाडी क्षेत्रलाई थप सुरक्षित बनाएको छ,” अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का कमान्डर एडमिरल ब्राड कूपरले भने । उनले भने, “आइआरजिसीको नौसेनामा सेवा गर्ने प्रत्येक इरानीले ‘अनावश्यक चोट वा मृत्युको थप जोखिमबाट बच्न आफ्नो पद छोड्नु पर्छ र घर फर्कनु पर्छ।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध अमेरिकी सैन्य कारबाही निर्धारित समयभन्दा अगावै आफ्नो उद्देश्य प्राप्ति गर्न सफल भएको बताएका छन् । “हाम्रो अभियान सफल पार्न हामीले लगभग चारदेखि छ हप्ता लाग्ने अनुमान गरेका थियौँ । आक्रमणको छब्बीस दिनपछि नै हामी निर्धारित लक्ष्यभन्दा धेरै अगाडि पुगेका छौँ,” ट्रम्पले द्वन्द्व सुरु भएपछिको आफ्नो पहिलो क्याबिनेट बैठकमा भने ।