समाचार

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

एसईई परीक्षा दिन केन्द्र पुगेका विद्यार्थी काठमाडौँ, १९ चैत : काठमाडौँको तारकेश्वर नगरपालिका-१०मनमैजुस्थित श्री मानसिंह धर्म माध्यमिक विद्यालय परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन आएका विधार्थी। आजदेखि देशभर एकैसाथ एसईई परीक्षा सुरुभएको छ।तस्बिर : हरिराम भेटुवाल/रासस

भक्तपुर, १९ चैतः यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । परीक्षा यही चैत २९ गतेसम्म हुने छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् ।

परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन् । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकाहरुलाई थप एक घण्टा ३० मिनेटको व्यवस्था गरिएको छ । त्यसैगरी, उनीहरुलाई लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययन गरेकालाई अनुमति दिइएको छ ।