विश्व

दक्षिणी लेबनानमा इजरायली आक्रमण, मानवीय क्षति जारी

Security forces secure the site of an Israeli airstrike that targeted a vehicle the Lebanese town of Jiyeh, south of Beirut, on April 15, 2026. Two Israeli strikes on April 15 hit vehicles south of Beirut, state media reported, while Hezbollah launched rockets at Israel, hours after Lebanon and Israel agreed to hold direct negotiations. (Photo by MAHMOUD ZAYYAT / AFP)

बेरुत, ३ वैशाख (रासस–क्युएनए) । दक्षिणी लेबनानको अन्सारीयेह शहरमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।
लेबनानी राष्ट्रिय समाचार एजेन्सीले बुधबार शहरलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यसले इजरायले अल–कुलाइलाह शहरको प्रवेशद्वार, साथै बिन्त जबेल शहरको वरपरका क्षेत्रहरूलाई लक्षित गरी हात्रलमण गरेको र हानिन शहरका घरहरूमा विस्फोट गराएको पनि बताएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयले मार्च– २ देखि देशमा जारी इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार १२४ जना पुगेको र छ हजार ९२१ जना घाइते भएको जनाएको छ।