तमिलनाडुमा फिल्मी नायक विजय मूख्यमन्त्री बने, आजै सपथ
२७ वैशाख, काठमाडौं । भारतको तमिलनाडुमा मूख्यमन्त्री फिल्मी नायक थलपति विजय बनेका छन् । हालै सम्पन्न निर्वाचनमा अविश्वसनीय जित निकालेसँगै उनी मूख्यमन्त्री बन्न थालेका हुन् । विजयको पार्टी टीओवीले भीसीके र आइयूएएलको समर्थनमा सरकार बनाउन थालेका हुन् । उनको सपथमा कांग्रेस नेता राहुल गान्धी समेत सहभागी हुने भएका छन् ।
सथप ग्रहण आज १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा गर्ने तयारी छ । विजयले संसदमा विश्वासको मत भने लिनुपर्छ । यस सरकारमा अधिकांश युवा नेता देखिने भएका छन् । २९ वर्षिया कीर्तना शिवकाजीले पनि मन्त्रीको सपथ लिनेछिन् । कुल ९ जनाले आज मन्त्री पदको सपथ लिने तयारी छ ।