न्युयोर्कमा योगी आचार्य राजन शर्माको योगा थेरापि हुने
मेनका पराजुली, न्युयोर्क
नेपाल तथा भारतमा समेत ख्यातिप्राप्त योग गुरु राजन शर्माको नि:शुल्क योगाभ्यास तथा ध्यान साधना न्युयोर्कमा हुने भएको छ।
रिजउडस्थित नेपाली दुर्गा मन्दिर र उडसाइडमा अवस्थित दिव्यधाम मन्दिरमा यही सोमबार मे २५ तारिख विहान र साँझ गरेर दुइ चरणमा सम्पन्न गरिने छ ।
आयोजकका अनुसार यो शिविर कोलाहल र चिन्तायुक्त जीवनशैलीबाट मुक्त हुने अत्यन्तै दिव्य सुनौलो अवसर तथा निशुःल्क सनातन संस्कृतिको अध्यात्म विज्ञान बुझ्ने अवसर समेत भएकोले सबैको उपस्थिति अपेक्षा गरिएको छ ।

प्रभावशाली विश्व योग प्रशिक्षक, मोटिभेटर, रिसर्चर, प्रोफेसर आचार्य राजन शर्माज्यूको विशेष निर्देशन तथा सानिध्यमा रोग विशेष योग, ध्यान, आर्युवेद जीवन जिउने उच्च शैली, बालबालिकाका लागि गणित, विज्ञान मेमोरी तथा तनाव व्यवस्थापन खुसी र सुखी हुने कला सम्वन्धि जानकारी रहने भएकोले सबैको गरिमामय उपस्थितिको लागि आह्वान समेत गरेको छ ।
दूर्गा मन्दिर न्युयोर्क परिवार र The Global Society For Peace & Spiritual Sciences (GSPSS) NY Chapter अमेरिकाको संयुक्त आयोजनामा गरिने कार्यक्रमको तालिका संप्रेषित फ्लायरमा राखिएको छ ।