विश्व

अब्राहम सम्झौताको म्याद थप्नुपर्नेमा राष्ट्रपति ट्रम्पको जोड

File : US President Donald Trump speaks with reporters prior to boarding Marine One as he departs from the South Lawn of the White House in Washington, DC, on April 11, 2026. President Donald Trump is on his way to Florida to attend an UFC event. (Photo by Mandel NGAN / AFP)

वासिङ्टन, १२ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वको जटिल परिस्थिति र इरानसँगको वार्ताबीच अब्राहम सम्झौताको म्याद थप्नु समयको आवश्यकता भएको बताएका छन् । इरानसँग आणविक र कूटनीतिक वार्ताका विषयमा अन्तर्राष्ट्रिय छलफल तीव्र भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो । उनले इरानसँगको सम्झौताले यस क्षेत्रको बृहत् शान्तिको ढाँचालाई बलियो बनाएमा मात्र यो अर्थपूर्ण हुने बताएका छन् ।


उनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन्, “इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढेको बताउँदै कि त इरानसँग बृहत् सम्झौता हुनेछ वा सम्झौता नै हुनेछैन।” उनले स्थायी युद्धविरामका लागि भएको सम्झौताका लागि कुनै पनि समस्या आएमा मध्यपूर्व क्षेत्रमा तनाव र द्वन्द्व थप बढ्न सक्छ भनेका छन् ।
राष्ट्रपति ट्रम्पले विज्ञप्तिमा भनेका छन्, “साउदी अरब, कतार, युएई, पाकिस्तान, टर्कीए, इजिप्ट, जोर्डन र बहराइनजस्ता देशलाई अब्राहम सम्झौताको हिस्सा बन्न अपिल गर्नुभएको छ। उनले अब्राहम सम्झौतालाई क्षेत्रीय शान्ति र आर्थिक विकासको सफल नमूनाको रूपमा वर्णन गरेका छन् । यससम्बन्धमा राष्ट्रपति ट्रम्पले साउदी अरब, युएई, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनका शीर्ष नेताहरूसँग विभिन्न चरणमा फोनमा कुराकानी गरेको दाबी गरेका छन् । यो सम्झौताले कूटनीतिक रुपमा मात्र नभई आर्थिक र सामाजिक रुपमा समेत ऐतिहासिक परिवर्तन ल्याउन सक्ने उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गरेमा भविष्यमा तेहरानलाई पनि अब्राहम सम्झौतामा समावेश गर्न सकिने सङ्केत दिएका छन् । यसले पश्चिम एसियाको स्थिरता, शक्ति र आर्थिक विकासलाई नयाँ दिशा दिन सक्ने उनको दाबी छ । तर, अब्राहम सम्झौताबारे सम्बन्धित देशबाट भने कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।