स्वास्थ्य

जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो

Red Cross volunteers wearing personal protective equipment disinfect themselves in a doffing area after removing the body of an Ebola virus disease victim from the morgue of the Rwapara health centre, place it in a body bag and load it into a vehicle for transfer to a cemetery as part of safe and dignified burial operations aimed at preventing the spread of the virus. Rwapara, Ituri Province, Democratic Republic of Congo, June 8, 2026. The head of the World Health Organization visited Uganda on Monday and praised its efforts to limit the spread of an Ebola outbreak from neighbouring Democratic Republic of Congo. The WHO has declared an international health emergency over the outbreak which has caused 515 confirmed infections in the DRC, including 91 deaths, since it was announced on May 15 in northeastern DRC. Uganda has recorded 19 cases and two deaths. All but five have been Congolese nationals who crossed the border. (Photo by Jospin Mwisha / AFP)

किन्सासा, ५ असार (रासस–सिन्ह्वा) । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । इबोला भाइरस सङ्क्रमणको प्रकोपको स्थितिबारे जारी प्रतिवेदन नम्बर ३१ अनुसार आइतबार २६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको छ ।

यसले सङ्क्रमणको मृत्यु दर २३.८ प्रतिशत पुर्याएको छ । आइतबारसम्म कुल ३६३ बिरामीहरू आइसोलेसनमा रहेका थिए भने ४८ बिरामीहरू प्रकोप सुरु भएदेखि निको भएका थिए । इटुरी, उत्तरी किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमा यो इबोला नियन्त्रणको लागि अभियान जारी छ । बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप देशमा मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको थियो।