विश्व

हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह

US President Donald Trump and President and CEO of Ultimate Fighting Championship Dana White arrive ahead of the "UFC Freedom 250" mixed martial arts event on the South Lawn of the White House in Washington, DC, June 14, 2026. (Photo by Brendan SMIALOWSKI / AFP)

एभियन (फ्रान्स), ५ असार (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानमा हेजबुल्लाहका लक्ष्यहरू सामना गर्न उद्धार दृष्टिकोण अवलक्बन गर्न आग्रह गरेका छन् । दुई राष्ट्रहरू बीचको गठबन्धन बलियो रहेको कुरामा जोड दिदै ट्रम्पले इजरायलले खतराहरूलाई आक्रामक रूपमा प्रतिक्रिया दिने लगायतका विषयमा असहमति रहेको खुलासा गरेका छन् । यस अघि मङ्गलबार लेबनानमा सैन्य कारबाहीलाई नियन्त्रण गर्न कडा असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा निन्दा गरेका छन् ।


सिरियाले हेजबुल्लाहको व्यवस्थापन माथि नियन्त्रण लिन सक्ने प्रस्ताव पेस गर्दै उनले इजरायलले “छिटो काम गर्न सक्षम हुनुपर्ने कुरामा जोड दिँदै नेतान्याहुसँग “सन्तुष्ट नभएको बताए । विस्तारित शत्रुताले इरानसँगको आफ्नो कूटनीतिक सफलतामा नकारात्मक प्रभाव पारेकोसमेत ट्रम्पले बताए । उनले संयुक्त राज्य अमेरिकाले तेहरानसँगको सम्झौतालाई अन्तिम रूप दिनु भन्दा दुई घण्टा अघि बेरुतमा भएको इजरायली आक्रमण प्रति कडा असन्तुष्टि व्यक्त गरे ।


लेबनानमा तीव्र, तथा दैनिक रूपमा भएको इजरायली बमबारीको बीचमा, हजारौंको ज्यान गएको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले बढ्दो नागरिक हाताहातको विषयमा नेतान्याहुसँग असन्तुष्ट रहेको बताए । फ्रान्समा जी–७ शिखर सम्मेलनको अवसरमा बोल्दै ट्रम्पले इजरायलले हेजबुल्लाहसँग लामो समय देखि लडिरहेको कारण धेरै मानिसको मृत्यु भएको बताए ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाका राष्ट्रपति अहमद अल–साराले हेजबुल्लाहको नियन्त्रणलाई अझ प्रभावकारी रूपमा निरीक्षण गर्न सक्ने भन्दै सिरियालाई हेजबुल्लाहको हेरचाह गर्न दिन इजरायललाइ सुझाव दिएका छन् । अमेरिका र इरानले यस हप्ताको अन्त्यमा शान्ति सम्झौतामा हस्ताक्षर गर्न तयार भए पछि तेहरानले यो सँगै लेबनानमा पनि दिगो शान्ति र तनाव अन्त्य हुने बताइएको छ ।