कला / साहित्य

काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन !

पीपलमणि सिग्देल / न्यूयाेर्क नाैलाे राेग सरेर ग्रस्त हुन गाे साैन्दर्यकाे याे घर सारा विश्व अजीबकाे जहरमा पर्ला कि भन्ने डर । आफ्नै बास भयाे नि जेल कसरी काँप्दाे छ याे जीवन काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?! नाैला ताेप विमान यानहरुकाे भारी थुपारी बसेँ लाखाैं शैनिककाे परेड हुनगाे उत्कर्षमा मैं पुगेँ ! मेराे शान बढेर व्याप्त जगमा खाेज्दै छ उच्चासन काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?! पैसा पाैरख शान मान पदवी जाेडेर बस्छाैं कति यी सारा जगमा भए फगतका बेकारका ओखती । याैटै साथ म लिन्छु याे समयमा सम्झेर बस्ने मन काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?! बिन्ती गर्छु हे दाजु भाइ र दिदी आमाहरुमा पनि याे पीडा कम गर्न उत्तम विधि हातै धुने हाे भनी ! यात्रा बाहिरकाे नहाेस् घरमहाँ बस्दै जुटाैं है जन काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?!