समाचार

श्रष्टा परिचय : टक गुरुङ

स्थायी ठेगाना :
आँबुखैरेनी गाउँपालिका–३,
तनहुँ, गण्डकी प्रदेश,
हाल : यूएई

गजल

मेशिन मर्मत गर्दा घनले हिर्काउनु पर्छ
जीवन पनि ठीक हुन थोरै हण्डर पाउनु पर्छ

आफ्नो परिचय दिनु पर्ने त हजुरले हो मालिक
मेरो त ठेलाले भनिहाल्छ जे जे बताउनु पर्छ

चुनाव सँगै चुनावी बाचा बिस्र्यो नेताले
आफ्नै पद चिन्ह डुँगा भए पछि मेटाउनु पर्छ

यो देशको अवस्था देख्दादेख्दै भन्दैछौ
किसान मजदुरले हतियार किन उठाउनु पर्छ

क्यान्सर लागेको आफ्नै अंग काटे जस्तै हो
परम्पराको जग प्रिय नै होस् भत्काउनु पर्छ

प्रकाशित कृतिहरु

१. अनाहत (गजल संग्रह)
२. टक (गजल संग्रह)
३. गजलाभूषण (गजल लेखनसम्बन्धी सैद्धान्तिक तथा अभ्यास पुस्तक)
४. विभिन्न संयुक्त संग्रह तथा फुटकर गजलहरु

संस्थागत आबद्धता
संरक्षक, सिर्जना वाचन डबली
संरक्षक, नेपाल गजल प्रतिष्ठान
विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरुसँग आबद्ध

नेतृत्वदायी भूमिका
संरक्षक, तमु प्ये ल्हु संघ
अध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय
परिषद्, यूएई
सदस्य, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति
पुरस्कार

छायाँदेवी–चेतनाथ पुरस्कार (२०७५) – अनाहत गजल संग्रहका लागि

पेशागत परिचय
प्रबन्ध सञ्चालक, ओनिक लिमिटेड
प्लान्ट एण्ड मेन्टिनेन्स इन्जिनियर, इन्टर प्लाष्ट कम्पनी लिमिटेड

यूएई निवासी गुरुङ साहित्य, सामाजिक सेवा र व्यावसायिक क्षेत्रमा समान रुपमा सक्रिय समकालीन नेपाली गजल साहित्यका सशक्त स्रष्टामध्ये एक हुन् । उनले गजल सिर्जना, गजलको सिद्धान्त तथा अभ्यास, सामाजिक नेतृत्व र प्रवासी नेपाली समुदायको सेवामा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् ।