ब्लोअप : सन्ध्या देउला
नाम : सन्ध्या देउला
ठेगाना : पाटन, ललितपुर
हाल : अबुधाबी, यूएई
उचाइ : ५ फिट ६ इञ्च
शिक्षा : माध्यमिक तह (हाई स्कूल)
उपलब्धि : मिसेस नेपाल २०१५
(मिसेस ब्यूटिफुल उपाधि विजेता)
पेशा : सिवल्र्ड, अबुधाबी
(यस आइल्याण्ड)मा सेल्स एसोसिएट
पारिवारिक परिस्थितिका कारण सानै उमेरमा पढाइ छोड्नुपरे पनि सन्ध्याले मेहनत र आत्मविश्वासका साथ आफ्नो जीवनयात्रा अघि बढाइन् । १२ वर्षको उमेरदेखि नेपालमा हाउसकिपिङको कामबाट रोजगारी शुरु गरेकी उनले कामसँगै आफ्नै प्रयासमा अंग्रेजी भाषा सिकिन् र आवश्यक सीपहरु विकास गरिन् ।
हाउसकिपिङबाट शुरु भएको उनको व्यावसायिक यात्रा क्रमशः रिसेप्सन, क्यासियर हुँदै फ्रन्ट डेस्क सुपरभाइजरसम्म पुग्यो । निरन्तर मेहनत र लगनकै कारण उनी आज यूएईको अबुधाबीस्थित यस आइल्याण्डमा रहेको सिवल्र्डमा सेल्स एसोसिएटका रुपमा कार्यरत छिन् ।
सन्ध्या सौन्दर्य प्रतियोगितामा पनि सफल छिन् । उनले सन् २०१५ मा ‘मिसेस नेपाल’ प्रतियोगितामा ‘मिसेस ब्यूटिफुल’ उपाधि जितेकी थिइन् । उनी नेवा पुचः यूएईको कलाकारका रुपमा पनि सक्रिय रहँदै आफ्नो कला र संस्कृतिको प्रवद्र्धनमा योगदान दिइरहेकी छन् ।
सन्ध्याले आफूलाई हरेक कदममा साथ र हौसला दिने आफ्ना बुबाआमा तथा ठमेल पर्यटन बोर्डका तत्कालीन अध्यक्ष ध्रुव अधिकारीप्रति विशेष आभार व्यक्त
गरेकी छन् ।
