स्वास्थ्य

यूएईको अत्यधिक गर्मीबाट बच्न अपनाउनुपर्ने सावधानीहरू

विश्व न्यूजको यूएई अंकमा हामीले स्वास्थ्य सचेतना सामग्री प्रकाशित गर्दै आएका छौं । यस अंकमा हामी गर्मीबाट कसरी बच्ने भन्नेबारे उल्लेख गर्दैछौं ।

प्रशस्त मात्रामा पानी पिउने, तिर्खा लागेपछि मात्र होइन नियमित रुपमा पानी सेवन गर्ने ।
घाममा काम गर्दा वा हिँड्दा टोपी, छाता र सनग्लास प्रयोग गर्ने ।


हल्का, फुस्रो र सुती कपडा लगाउने ।


दिउँसो १२ः३० देखि ३ः०० बजेसम्म सकेसम्म प्रत्यक्ष घाममा नबस्ने ।


बाहिरी क्षेत्रमा काम गर्नेहरुले नियमित विश्राम लिने ।


शरीरमा पानीको मात्रा कायम राख्न कागती, नुन पानी, नरिवल पानी, ओआरएस र खनिजयुक्त पेय पदार्थ सेवन गर्ने ।


अत्यधिक चिया, कफी तथा चिनीजन्य पेय पदार्थको सेवन कम गर्ने ।
पार्किङमा राखिएको बन्द सवारीसाधनभित्र बालबालिका वा वृद्धवृद्धालाई नछोड्ने ।
टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउने वा वाकवाकी लाग्ने जस्ता लक्षण देखिए तुरुन्त चिसो स्थानमा जाने ।


घर तथा कार्यस्थलमा एसी वा पर्याप्त हावाप्रवाहको व्यवस्था गर्ने ।


उपलब्ध गराएको सुरक्षा व्यवस्था अनिवार्य रुपमा प्रयोग गर्ने ।


वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरुको विशेष हेरचाह गर्ने ।


रमजान वा उपवासका बेला स्वास्थ्य अवस्थाअनुसार चिकित्सकको सल्लाह लिनु उपयुक्त हुने ।


आपतकालीन अवस्थामा नजिकको स्वास्थ्य संस्था वा आपतकालीन सेवासँग तत्काल सम्पर्क गर्ने ।

यूएई सरकारको विशेष निर्देशन

१५ जुनदेखि १५ सेप्टेम्बरसम्म ‘मिड–डे ब्रेक’ नियम पालना गर्ने ।


रोजगारदाताले श्रमिकका लागि छायाँ, चिसो पानी, प्राथमिक उपचार सामग्री र विश्रामस्थलको व्यवस्था गर्नुपर्ने ।


नियम उल्लंघन गर्ने कम्पनीमाथि जरिवाना र कानुनी कारबाही हुन सक्ने ।

यी उपायहरु अपनाउँदा अत्यधिक गर्मीका कारण हुने स्वास्थ्य जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।