समाचार

यूएईमा बस्ने नेपालीका लागि कानुनी सचेतना

२२ असार, काठमाडौं । यूएईमा बसोवास गर्दा निम्न कार्यहरु नगर्नु हुन अनुरोध छ ।

सार्वजनिक स्थानमा झगडा, गालीगलौज वा अश्लील हाउभाउ प्रदर्शन नगर्ने ।


सामाजिक सञ्जालमा कसैलाई अपमान, बदनाम वा धम्की नदिने ।

ह्वाट्सएप, फेसबुक, टिकटकलगायत माध्यममा अपुष्ट सूचना, अफवाह वा झुटा समाचार शेयर नगर्ने ।


अरुको फोटो वा भिडियो अनुमतिबिना खिच्ने वा पोस्ट नगर्ने ।


साइबर अपराध, ह्याकिङ, नक्कली वेबसाइट सञ्चालन, अनलाइन ठगी वा अरुको डिजिटल खातामा अनधिकृत पहुँच नगर्ने ।


धार्मिक आस्था, धर्मस्थल वा धार्मिक प्रतीकप्रति अपमानजनक व्यवहार नगर्ने ।


लागूऔषध (ड्रग्स)सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने ।


मदिरा सेवन गरेर सार्वजनिक रुपमा हंगामा नगर्ने वा सवारी नचलाउने ।


सार्वजनिक शिष्टाचारविपरीत अशोभनीय व्यवहार नगर्ने ।


सरकारी अनुमतिबिना चन्दा संकलन नगर्ने ।


अनुमतिबिना प्रदर्शन, ¥याली वा राजनीतिक गतिविधिसम्बन्धी कार्यक्रम आयोजना वा प्रचारप्रसार नगर्ने ।


क् सरकारी, सुरक्षा तथा अन्य संवेदनशील स्थानहरुको फोटो वा भिडियो खिचेर अनधिकृत रुपमा प्रसारण नगर्ने ।


युद्ध वा सुरक्षा घटनासँग सम्बन्धित भिडियो तथा तस्बिर नखिच्ने ।


सामाजिक सञ्जालमा युद्ध, सुरक्षा अवस्था वा अन्य संवेदनशील विषयका अपुष्ट सामग्री लाइक, शेयर वा प्रसारण नगर्ने ।


कम्पनीको अनुमति वा कानुनी प्रक्रिया पूरा नगरी जागिर छाडेर अन्यत्र बसोवास नगर्ने ।


आफ्नो राहदानी, एमिरेट्स आईडी, बैंक कार्ड (एटीएम) वा अन्य महत्वपूर्ण कागजात अपरिचित व्यक्तिलाई नदिने ।


सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पु¥याउने वा त्यस्ता गतिविधिमा संलग्न नहुने ।


सवारी चालक तथा सर्वसाधारणले ट्राफिक नियमहरुको पूर्ण पालना गर्ने, किनकि पालना नगरेमा यसले गम्भीर कानुनी तथा सुरक्षा समस्या निम्त्याउन सक्छ ।

ध्यान दिनुपर्ने कुरा
सामाजिक सञ्जालमा रिसको भरमा लेखिएको टिप्पणी, पोस्ट वा सन्देशसमेत कानुनी प्रमाण बन्न सक्छ ।


अपुष्ट समाचार वा अफवाह फैलाउँदा कानुनी कारबाही हुन सक्छ ।


यस्ता गतिविधिमा संलग्न भए जरिवाना, कैद सजाय वा विदेशी नागरिकको हकमा देश निकाला (डिपोर्ट)सम्म हुन सक्छ ।


रोजगार सम्झौता, कम्पनीका नियम तथा यूएईको श्रम कानुनको पालना गर्नु प्रत्येक श्रमिकको दायित्व हो ।

यूएईका कानुन, स्थानीय संस्कृति र सामाजिक मूल्य–मान्यताको सम्मान गर्नु नै सुरक्षित र सफल प्रवासी जीवनको आधार हो । कानुनको सम्मान गरौं, जिम्मेवार नागरिकको परिचय दिऔं ।