मासिक राशिफल (जुलाई, २०२६)
ज्योतिष आचार्य डा. प्रकाश पौडेल
जुलाई २०२६ मा शुक्र, सूर्य, बुध र शनि ग्रहको गोचर परिवर्तनले सबै राशिमा विशेष प्रभाव पार्नेछ । जुलाई ४ मा शुक्र सिंह राशिमा, जुलाई १६ मा सूर्य कर्कट राशिमा प्रवेश गर्नेछन् । जुलाई २४ मा बुध मार्गी हुनेछन् भने जुलाई २७ मा शनि मीन राशिमा वक्री हुनेछन् । यी ग्रहहरुको प्रभावले करियर, धन, प्रेम, स्वास्थ्य र पारिवारिक जीवनमा परिवर्तन ल्याउने संकेत देखिन्छ ।
वैदिक ज्योतिषअनुसार जन्म समयमा चन्द्रमा रहेको राशिलाई चन्द्र राशि वा जन्म राशि भनिन्छ । चन्द्र राशिका आधारमा व्यक्तिको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरुको विश्लेषण गरिन्छ । यहाँ प्रस्तुत गरिएको जुलाई २०२६ को मासिक राशिफल चन्द्र राशि र ग्रहहरुको गोचरका आधारमा तयार गरिएको हो । यसबाट तपाईंले यो महिनामा जीवनमा आउने सम्भावित परिवर्तन, अवसर र चुनौतीबारे जानकारी प्राप्त गर्न सक्नुहुनेछ । साथै, ग्रहजन्य बाधा कम गर्न सरल ज्योतिषीय उपायहरु पनि समावेश गरिएको छ ।
मेष
जुलाई महिना मेष राशिका लागि मेहनतपछि सफलता दिने समय रहनेछ । रोकिएका कामहरु अघि बढ्नेछन् र करियरमा नयाँ अवसर प्राप्त हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ तर खर्चमा नियन्त्रण आवश्यक हुनेछ । व्यापार तथा नोकरीमा प्रगतिको सम्भावना छ । महिनाको उत्तरार्धमा मानसम्मान र सामाजिक प्रतिष्ठा बढ्ने संकेत देखिन्छ ।
उपाय : मंगलबार हनुमानजीको पूजा गरी ‘ॐ हनुमते नमः’ मन्त्र जप गर्नुहोस् ।
वृष
वृष राशिका लागि यो महिना आर्थिक सुधार र स्थिरताको समय रहनेछ । व्यापार तथा नोकरीमा प्रगति हुनेछ । नयाँ सम्पत्ति वा सवारी खरिदको सोच बन्न सक्छ । प्रेम सम्बन्धमा मधुरता बढ्नेछ ।
उपाय : दैनिक ‘ॐ श्रीं महालक्ष्म्यै नमः’ मन्त्र जप गर्नुहोस् ।
मिथुन
मिथुन राशिका लागि जुलाई नयाँ योजना र अवसरको महिना रहनेछ । बोल्ने कला र बुद्धिमत्ताबाट लाभ मिल्नेछ । यात्राबाट फाइदा हुनेछ । अध्ययन तथा व्यापारमा राम्रो सफलता प्राप्त हुन सक्छ ।
उपाय : प्रतिदिन ‘ॐ गं गणपतये नमः’ मन्त्र जप गर्नुहोस् ।
कर्कट
कर्कट राशिका लागि जुलाई महिना गुरुको शुभ प्रभावले भाग्य बलियो रहनेछ । करियर, शिक्षा र व्यवसायमा राम्रो प्रगति हुनेछ । परिवारमा सुख र शान्ति बढ्नेछ । विदेशसँग सम्बन्धित काममा सफलता मिल्ने सम्भावना छ ।
उपाय : ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्नुहोस् । सोमबार शिवजीलाई जल अर्पण गर्नुहोस् ।
सिंह
सिंह राशिका लागि जुलाई महिना सामाजिक सम्मान र आत्मविश्वास बढ्ने समय हो । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । आर्थिक स्थिति सुधार हुनेछ तर अहंकार र रिसबाट टाढा रहनु राम्रो हुनेछ ।
उपाय : हरेक बिहान सूर्यलाई जल चढाउनुहोस् ।
कन्या
कन्या राशिका लागि जुलाई महिना निकै लाभदायक रहनेछ । व्यापार, शेयर बजार र करियरमा सफलता मिल्ने सम्भावना छ । मित्र तथा परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ । नयाँ योजना तथा लगानीबाट लाभ मिल्न सक्छ भने कार्यक्षेत्रमा सम्मान र जिम्मेवारी बढ्ने संकेत देखिन्छ । विद्यार्थीहरुका लागि अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा प्रगतिको समय रहनेछ ।
उपाय : गणेशजीको पूजा गरी गणेश चालीसा पाठ गर्नुहोस् र बुधवार हरियो वस्तु दान गर्नु शुभ रहनेछ ।
तुला
तुला राशिका लागि यो महिना सम्बन्ध सुधार र आर्थिक राहतको समय रहनेछ । पुराना विवाद हट्न सक्छन् र प्रेम सम्बन्धमा मधुरता बढ्नेछ । करियरमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ भने व्यापार तथा साझेदारीका काममा पनि लाभ मिल्न सक्छ । सामाजिक सम्बन्ध बलियो बन्नेछन् र परिवारबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । महिनाको उत्तरार्धमा रोकिएका कामहरु पूरा हुने संकेत देखिन्छ ।
उपाय : प्रतिदिन ‘ॐ श्रीं महालक्ष्म्यै नमः’ मन्त्र जप गर्नुहोस् र शुक्रबार सेतो मिठाई दान गर्नु शुभ रहनेछ ।
वृश्चिक
वृश्चिक राशिका लागि जुलाई महिना प्रगतिदायक महिना रहनेछ। रोकिएका काम पूरा हुनेछन् । व्यवसायमा लाभ र सामाजिक सम्मान बढ्नेछ । सम्बन्धमा धैर्य अपनाउनु आवश्यक हुनेछ । कामकाज र व्यवसायमा राम्रो सफलता मिल्नेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ । नयाँ सम्बन्धमा सावधानी अपनाउनुहोस् ।
उपाय : हनुमान चालिसा पाठ गर्नु शुभ हुनेछ ।
धनु
धनु राशिका लागि जुलाई महिना भाग्य र परिश्रम दुवै बलियो रहनेछन् । नयाँ आय स्रोत बन्ने सम्भावना छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । लगानी गर्दा सोचविचार गर्नु आवश्यक छ । करियरमा प्रगति र सम्मान प्राप्त हुनेछ । स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ ।
उपाय : ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्नुहोस् ।
मकर
मकर राशिका लागि जुलाई महिना जिम्मेवारी र अवसर दुवै लिएर आउनेछ । नोकरी तथा व्यवसायमा नयाँ सम्भावना देखिनेछ । आर्थिक आम्दानी राम्रो भए पनि खर्च बढ्न सक्छ । पारिवारिक सम्बन्धमा धैर्य आवश्यक हुनेछ । कानुनी विषयमा सावधानी अपनाउनु राम्रो हुनेछ ।
उपाय : प्रत्येक शनिबार ‘ॐ शं शनैश्चराय नमः’ मन्त्र जप गर्नुहोस् ।
कुम्भ
कुम्भ राशिका लागि जुलाई महिना सम्बन्ध र आर्थिक विषयमा उतारचढाव आउन सक्छ । गलत संगतबाट टाढा रहनु राम्रो हुनेछ । महिनाको अन्त्यतिर करियरमा सुधार आउने संकेत छ। कामको अवसर प्राप्त हुन सक्छ भने रोकिएका कामहरु पनि विस्तारै पूरा हुँदै जानेछन् । परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी राख्नुभयो भने मानसिक शान्ति मिल्नेछ ।
उपाय : प्रतिदिन हनुमान चालिसा पाठ गर्नुहोस् ।
मीन
मीन राशिका लागि जुलाई महिना भाग्य र अवसरले भरिएको रहनेछ । शिक्षा, प्रेम र व्यवसायमा सफलता प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । रोकिएका कामहरु पूरा हुनेछन् र आर्थिक अवस्था पनि विस्तारै मजबुत बन्ने संकेत छ । परिवारबाट सहयोग प्राप्त हुनेछ भने प्रेम सम्बन्धमा मधुरता बढ्नेछ ।
उपाय : प्रतिदिन ‘ॐ नमो नारायण’ मन्त्र जप गर्नुहोस् र बिहीबार पहेंलो वस्तु दान गर्नु शुभ रहनेछ ।