हुलाकमार्फत ८,१८० राहदानी सेवाग्राहीको घरमा
१४ साउन, काठमाडौं । सरकारले हुलाकमार्फत ८ हजार १८० राहदानी सेवाग्राहीको घरमै पुर्याएको छ । सञ्चार मन्त्रालयको आंकडा अनुसार कूरियर सेवामार्फत ती राहदानी घरमै लगिएको हो । हुलाकमार्फत हालसम्म हुम्लाबाहेक सबै जिल्लामा राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य प्रयोगशाला नमुनालगायतका सामग्री नागरिकको घरसम्मै पुर्याउन थालिएको छ। हालसम्म हुलाकमार्फत २,३७,८४० वटा राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरिएको छ ।
८,१८० वटा राहदानी सेवाग्राहीको घरमै पुर्याइएको छ। सवारी चालक अनुमतिपत्रतर्फ १०,३८,५२३ वटा अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म ढुवानी गरिएको छ भने १,०९४ वटा लाइसेन्स सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ। यसैगरी, हालसम्म त्रिभुवन विश्वविद्यालयका २६३ वटा शैक्षिक प्रमाणपत्र तथा विभिन्न १७ वटा अस्पतालका १,४३६ वटा स्वास्थ्य प्रयोगशाला नमुना ढुवानी गरिसकिएको छ।