स्थानीय

प्रधानमन्त्री बालेनले पहिलो पटक भेटे राष्ट्रपति

१४ साउन, काठमाडौं । सरकार गठन भएको करीव ४ महिनापछि प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । आज देशका नाममा सम्बोधन गरेपछि उनी राष्ट्रपति भवन शीतल निवासमा पुगेका थिए । भेटवार्ताका क्रममा उनीहरुबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ। सुनसरीबाट सुरु भएको दंगा अन्य जिल्लामा समेत फैलिन थालेसँगै लामो समय निष्कृय रहेका प्रधानमन्त्री आजबाट सक्रिय भएका छन् ।