मधेशबासी दलका नेतासँग रविले आज पनि गरे छुट्टै छलफल
१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अशान्त बन्दै गएको तराई मधेशको अवस्थालाई लिएर मधेशवादी दलका नेताहरुसँग छलफल गरेका छन् । देशमा देखिएको वर्तमान समस्याको निकासका सम्बन्धमा मधेश केन्द्रित दलसँग छलफल भएको हो । छलफलपछि लामिछानेले अहिले आरोप प्रत्यारोप छाडेर बलेको आगो निभाउन लाग्नु पर्ने बताए । सरकारसँगै राजनीतिक दल, समाज, सञ्चारमाध्यम, धार्मिक व्यक्तिहरु समेत अहिले जिम्मेवार बन्नुपर्ने उनले बताए । नेताहरुबाट समेत यस्तै सुझाव आएको उनले बताए । लामिछानेले कसैलाई पनि अरुको हानी नोक्सानीमा नलाग्न र आफन्तलाई त्यस्तो काममा जानबाट रोक्न आह्वान समेत गरेका छन् ।