विश्व

लेबनानमा इजरायली आक्रमण, सात जनाको मृत्यु

The rubble and debris of flattened buildings litter the hillside following an Israeli airstrike that targeted a neighborhood in the southern Lebanese village of Nabatieh al-Fawqa on August 15, 2026. Lebanese state media said an Israeli strike in the country's south on August 15, killed seven people and wounded three others, the worst toll since deals in June saw a lull in hostilities between Israel and Hezbollah. Hezbollah drew Lebanon into the Middle East war in March with rocket fire at Israel in support of its backer Iran. Israel responded with heavy airstrikes and a ground invasion that Lebanese authorities say have killed more than 4,300 people. (Photo by AFP)

बेरुत (लेबनान), ३१ साउनः (रासस–एएफपी) । दक्षिणी लेबनानमा शनिबार भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले शनिबार अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरेको आक्रमणमा सात जनाको मृत्यु हुनुका सथै अन्य तीन जना घाइते भएको रिपोर्ट गर्दै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढाएको बताएको छ ।

आक्रमणले एउटा घर ध्वस्त पारेको र आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेर घाइतेहरूलाई अस्पताल लगिरहेको एजेन्सीले रिपोर्ट गरेको छ । यस अघि हेजबुल्लाहले लेबनानलाई आफ्नो समर्थक इरानको समर्थनमा इजरायलमा रकेट प्रहार गरेर मार्चमा मध्य पूर्व युद्धमा तानेको थियो । जसको इजरायलले भारी हवाई तथा मिसाएल आक्रमणको साथ प्रतिक्रिया दिँदा चार हजार ३०० भन्दा बढी मानिसहको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।

मध्यपूर्व युद्धमा गत जुनमा अमेरिका–इरान समझदारी पत्रमा हस्ताक्षर भएसँगै लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा सम्झौता सफल भएपछि द्वन्द्व उल्लेखनीय रूपमा घटेको जनाइएको छ । यद्यपि लेबनानले अझै पनि इजरायली आक्रमणले कहिलेकाहीँ हताहत हुने गरेको र दक्षिणी गाउँ र सहरहरूमा नागरिक सम्पतीकोको व्यापक विध्वंसको रिपोर्ट गरिरहेको छ ।

एनएनएले अन्सार र जरारियाह बीचको उपत्यकामा पनि आक्रमण भएको जनाएको छ । इजरायली लडाकु विमानहरूले नबातीह क्षेत्रलाई रणनीतिक पाहाड अली अल–ताहेर रिजलाई लक्षित गरी शृङ्खलाबद्ध हवाई आक्रमण गरेको रिपोर्ट गरिएको छ । इजरायली सेनाले सीमा नजिकैको बिन्ट जेबिल सहरका घरहरूमा विस्फोट गरेको समाचार एजेन्सीले जनाएको छ ।

इजरायल–लेबनान सम्झौतामा हेजबुल्लाहको निः शस्त्रीकरण, दक्षिण लेबनानबाट इजरायली सेनाको क्रमिक फिर्ती लगायतका विषय समावेश गरिएको छ । हिजबुल्लाहका प्रमुख नईम कासिमले शुक्रबार लेबनानी अधिकारीहरूलाई सम्झौता कार्यान्वयन गरेर देशको सशस्त्र सेनालाई अनावश्यक दबाबमा पारेको आरोप लगाएको जनाइएको छ । मानवअधिकार बादीहरुले संयुक्त राष्ट्रसङ्घलाई लेबनानको शान्ति रक्षकहरूको जनादेश यस वर्षका लागि समाप्त भएपछि अन्तरराष्ट्रिय नेतृत्व कायम राख्न आग्रह गरेका छन् ।