विश्व

चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

(260816) -- SOUTH CHINA SEA, Aug. 16, 2026 (Xinhua) -- An aerial drone photo taken on Aug. 12, 2026 shows the China Coast Guard vessels Hailing (below) and Xisha conducting transfer operations while patrolling in the territorial waters of China's Huangyan Dao in the South China Sea. Huangyan Dao, located in China's Zhongsha Qundao, features a unique coral reef ecosystem and special geological structures. It is home to numerous rare and endangered species, making it an area of high biodiversity and species rarity. Huangyan Dao is China's inherent territory. In September 2025, China formally approved to establish the Huangyan Dao National Nature Reserve. The China Coast Guard has carried out regular patrols and law enforcement to safeguard China's territorial sovereignty, maritime rights and interests, and ecological environment in the waters of the reserve. (Xinhua/Wang Peng)


बेइजिङ, १ भदौ, (रासस–एएफपी) । चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ प्रस्थान गरेको छ । नयाँ साप्ताहिक सेवाअन्तर्गत सञ्चालन हुने उक्त मार्गले चीन–युरोप समुद्री ढुवानीको समय करिब आधा घटाउने अपेक्षा गरिएको छ । यद्यपि, वातावरणीय समूहहरूले आर्कटिक समुद्री बरफमा यसबाट थप दबाब पर्न सक्ने चेतावनी दिएका छन् । ‘दुबई टावर’ नामक जहाज शनिबार साँझ चीनको पूर्वी बन्दरगाह सहर निङ्बोबाट उत्तरी दिशातर्फ प्रस्थान गरेको हो ।

जहाज बेरिङ जलमार्ग हुँदै रुसको उत्तरी तटसँगैको आर्कटिक जलमार्गबाट पश्चिमतर्फ जानेछ । ‘सी लेजेन्ड’ले सार्वजनिक गरेको समयतालिकाअनुसार जहाज सेप्टेम्बर ७ मा बेलायतको फेलिक्सस्टो पुग्नेछ । त्यसपछि जर्मनीको ह्याम्बर्ग र पोल्याण्डको ग्दान्स्कमा रोकिनेछ । चीनबाट युरोप जोड्ने उत्तरी समुद्री मार्ग (एनएसआर) स्वेज नहर हुँदै जाने परम्परागत मार्गभन्दा छोटो छ ।

यसले लालसागर हुँदै जानुपर्ने बाध्यता हटाउँछ, जहाँ यमनका हुथी विद्रोहीले पछिल्ला वर्षहरूमा व्यापारिक पानीजहाजलाई लक्षित गर्दै आएका छन् । तर आर्कटिक मार्ग वर्षको सीमित अवधिमा मात्र आइसब्रेकरको सहयोगबिना सञ्चालन गर्न सकिन्छ, जब समुद्री बरफ पर्याप्त रूपमा पग्लिएको हुन्छ ।


अन्य अन्तरराष्ट्रिय ढुवानी कम्पनीहरूले पनि यसअघि आर्कटिक मार्ग प्रयोग गरिसकेका छन् । डेनमार्कको मास्र्क सन् २०१८ मा कन्टेनर जहाजमार्फत उक्त मार्ग पार गर्ने पहिलो प्रमुख ढुवानी कम्पनी बनेको थियो । व्यापारिक बीमाकर्ता एलियान्ज कमर्सियलको ढुवानीसम्बन्धी विश्लेषणअनुसार, गत वर्ष २३ वटा कन्टेनर जहाजले उत्तरी समुद्री मार्ग प्रयोग गरेका थिए, जुन सन् २०२४ मा १५ वटा थियो ।
वातावरणीय समूहहरूले भने छोटो उत्तरी समुद्री मार्गमा जहाजको आवागमन बढ्दा आर्कटिक समुद्री बरफको क्षति थप तीव्र हुन सक्ने चेतावनी दिएका छन् ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण यस क्षेत्रको बरफ यसअघि नै तीव्र रूपमा घटिरहेको छ । फ्रान्सको सीएमए सीजीएम, स्विट्जरल्याण्डमा मुख्यालय रहेको एमएससी र जर्मनीको हापाग–लोयडलगायत प्रमुख ढुवानी कम्पनीहरूले आर्कटिक ट्रान्ससिपमेन्ट मार्ग प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । विश्लेषकहरूले आर्कटिकलाई भविष्यमा महत्वपूर्ण विश्व व्यापार मार्गका रूपमा विकास गर्न सकिने बताएका छन् । चीनले पनि ‘पोलर सिल्क रोड’ अवधारणामार्फत आर्कटिक क्षेत्रमा आफ्नो व्यापारिक पहुँच विस्तार गर्ने योजना अघि सारेको छ ।