स्वास्थ्य

कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ

Red Cross volunteers wearing personal protective equipment disinfect themselves in a doffing area after removing the body of an Ebola virus disease victim from the morgue of the Rwapara health centre, place it in a body bag and load it into a vehicle for transfer to a cemetery as part of safe and dignified burial operations aimed at preventing the spread of the virus. Rwapara, Ituri Province, Democratic Republic of Congo, June 8, 2026. The head of the World Health Organization visited Uganda on Monday and praised its efforts to limit the spread of an Ebola outbreak from neighbouring Democratic Republic of Congo. The WHO has declared an international health emergency over the outbreak which has caused 515 confirmed infections in the DRC, including 91 deaths, since it was announced on May 15 in northeastern DRC. Uganda has recorded 19 cases and two deaths. All but five have been Congolese nationals who crossed the border. (Photo by Jospin Mwisha / AFP)


जेनेभा, ३ भदौ (रासस–एएफपी) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा फैलिएको इबोला प्रकोप नियन्त्रणमा आउन अझै धेरै समय लाग्ने चेतावनी दिएका छन् । डब्लुएचओको आपत्कालीन बैठकमा मङ्गलबार बोल्दै टेड्रोसले यो प्रकोप इबोलाका विगतका अन्य प्रकोपको तुलनामा तीव्र गतिमा फैलिरहेको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सङ्क्रमण फैलिने जोखिम उच्च रहेको बताए ।


“यो महामारी नियन्त्रणमा आउन अझै धेरै बाँकी छ। हामी अझै पनि यसलाई पछ्याउने र नियन्त्रण गर्ने प्रयासमा पछि परिरहेका छौँ,” उनले भने । डीआर कङ्गोले सोमबार सार्वजनिक गरेको विवरणअनुसार करिब पाँच हजार सङ्क्रमितमध्ये दुई हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ। यो प्रकोप देशकै इतिहासमा सबैभन्दा घातकमध्ये एक बनेको छ।

डीआर कङगोले गत मे १५ मा आफ्नो १७औँ इबोला प्रकोप घोषणा गरेको थियो। घोषणाभन्दा केही साताअघिदेखि नै सङ्क्रमण फैलिएको अनुमान गरिएको छ। देशका उत्तरी तथा पूर्वी क्षेत्रमा सङ्क्रमण बढी देखिएको छ। ती क्षेत्रमा कमजोर स्वास्थ्य पूर्वाधार, राज्यको सीमित उपस्थिति र लामो समयदेखि सक्रिय सशस्त्र समूहका कारण रोग नियन्त्रणमा चुनौती थपिएको छ।

डब्लुएचओको आपत्कालीन समितिले गत मे १७ मा इबोला प्रकोपलाई ‘अन्तरराष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल’ घोषणा गरेको थियो। त्यसयता मङ्गलबार समितिको दोस्रो बैठक बसेको हो। समितिले बैठकपछि आफ्ना सिफारिस कहिले सार्वजनिक गर्ने भन्ने स्पष्ट भइसकेको छैन।

डब्लुएचओका अनुसार डीआर कङ्गोमा जनस्वास्थ्य जोखिमको स्तर ‘अत्यधिक उच्च’ रहेको छ भने छिमेकी युगान्डासहित अन्य छिमेकी मुलुकका लागि ‘उच्च’ र अफ्रिकाका अन्य भाग तथा विश्वका लागि ‘न्यून’ रहेको छ। हालसम्म डीआर कङ्गोका छ वटा प्रान्तमा सङ्क्रमण देखिएको छ भने छिमेकी युगान्डामा सङ्क्रमित भेटिएका छन् । “थप राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सङ्क्रमण फैलने जोखिम उच्च नै छ,” टेड्रोसले चेतावनी दिए ।


डब्लुएचओका अनुसार सन् २०१८ देखि २०२० सम्म डीआर कङ्गोमा फैलिएको इबोला प्रकोपमा तीन हजार ३८१ पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार २९९ जनाको मृत्यु भएको थियो। यसअघि सन् २०१३ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप सबैभन्दा घातक मानिएको थियो। लाइबेरिया, सियरा लियोन र गिनीलगायत देशमा फैलिएको उक्त प्रकोपमा ११ हजार ३०० भन्दाबढी मानिसको मृत्यु भएको थियो।