समाचार

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ काठमाडौं, ३१ साउनः टप एण्ड टी–२० सिरिजमा सहभागिता जनाउने नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीलाई आइतबार बिदाइ गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहलगायत । यसपटकको टप एण्ड टी–२० सिरिज यही २१ अगस्टदेखि अष्ट्रेलियामा आयोजना हुँदैछ। तस्बिरः लोकेश धामी/रासस

काठमाडौँ, ८ भदौः अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ । डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको होे । यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो ।

नेपाल ए ले जितको लागि दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा सबै विकेट गुमाउदै ११५ रनमा समेटियो । एकेडेमीका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाए भने टिम वार्डले २३ रन जोडे । नेपालका बलरमध्ये नारायण जोशीले तीन विकेट लिए भने शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिए । विपिन खत्रीले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ए ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रन बनाए । तृत राज दासले १० रन जोडे ।