चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ
१४ भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर खनालसँग शनिबार टेलीफोनमार्फत् यही भदौ १० गते गएको भएको हिमस्खलन र यसले निम्त्याएको विपत्तिबारे कुराकानी गरेको चीनको विदेश मन्त्रालयले शनिबार जानकारी गराएको छ । हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी र डुवानका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो ।
उनले ‘चीन र नेपालबीचको केरूङ–रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपद् आएको, जसले ठूलो जनधनको क्षति पुर्याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएकोमा नेपाल र नेपाली जनतालाई परेको पिडाबारे गहन कुराकानी भएको बताइएको छ । उनले चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको पनि बताए ।
चिनियाँ विदेशमन्त्री वाङले भने, “हामीले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौँ । यो छिट्टै कार्यान्वयन हुनेछ ।” नेपाललाई दिइने चीनको सहायता प्याकेज कार्यान्वयन भइरहेको र यसमा आपत्कालीन नगद सहायता र मानवीय सहायता समावेश रहने विदेश मन्त्रालयले जनाएको छ ।